शुक्रबार, वैशाख २१, २०८१

कालिन्चोक दर्शनको आईपीओ बाँडफाँट

मेरोन्यूज २०७९ माघ १९ गते १४:४३

काठमाडौं । कालिञ्चोक दर्शनले सर्वसाधारणलाई बिक्री खुलाएको साधारण सेयर बिहीबार बाँडफाँट गरेको छ । कम्पनीले माघ ३ देखि ६ गतेसम्म आवदेन खुलाएको आईपीओ बिहीबार बाँडफाँट गरेको हो ।

Advertisement

यसमा ८९ हजार ६४० जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् ।  आईपीओमा १४ लाख ७३ हजार जनाले आवेदन दिएका थिए ।

कम्पनीले १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आईपीओ जारी गरेको थियो । योमध्ये १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ ।
जसमध्ये सामुहिक लगानी कोष ५४ हजार कित्ता  र कर्मचारीहरुका लागि २१ हजार ६०० कित्ता सेयर छुट्याइएको थियो । बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको हो । 

प्रतिक्रिया