आइतबार, वैशाख २३, २०८१

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

मेरोन्यूज २०७९ माघ १९ गते १३:५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा रहने(नरहने निर्णय गर्ने प्रस्ताव तयार पारेर केन्द्रीय समितिको बैठक राख्ने तयारी गरेको छ। महामन्त्री एवम् प्रवक्ता डा.मुकुल ढकालले बैठक आजै (बिहीबार) साँझ बोलाउने तयारी भइरहेको र सभापति रवि लामिछानेसँग परामर्श भइरहेको जानकारी दिए।

Advertisement

रविले प्रधानमन्त्रीलाई दिएको अल्टिमेटम ७२ घण्टा भइसकेको छ तर, अहिलेसम्म पनि सरकारबाट बाहिर निस्किएको छैन।

उता प्रधानमन्त्रीले गृहमन्त्रालय आफैँसँग राख्ने बताएका छन्। 

महामन्त्री एवम् प्रवक्ता डा. ढकालले प्रधानमन्त्रीले कुनै जवाफ नपठाएकोले बैठक बसेर निर्णय गर्न लागेको बताए।

प्रतिक्रिया