शुक्रबार, वैशाख २१, २०८१

प्राधिकरणले गर्‍यो १० बीमा कम्पनीलाई कारबाही

मेरोन्यूज २०७९ माघ १८ गते १७:५१

काठमाडौं । नेपाल बीमा प्राधिकरणले १० बीमा कम्पनीलाई कारबाही गरेको छ । प्राधिकरणले समयमा विवरण उपलब्ध नगराएको भन्दै बीमा कम्पनीलाई कारबाही गरेको हो ।

Advertisement

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशिका २०७५ बमोजिम चौमासिक रुपमा विवरण उपलब्ध नगराएको भन्दै पहिलो पटकका लागि चेतावनी दिइएको प्राधिकरणले जनाएको छ । यदि कम्पनीहरुले दोहोर्याएर यस्तो गरेमा प्राधिकरणले बीमा पोलिसी जारी गर्न रोक लगाउन सक्नेछ । त्यस पछि पनि अटेर गरेमा जरिवाना गर्ने व्यवस्था रहेको छ ।

प्राधिकरणले गुराँस लाइफ, युनाइटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरन्स कम्पनी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, हिमालयन रि इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा कम्पनीलाई पहिलो पटकका लागि सचेत गराएको छ ।

प्रतिक्रिया