शुक्रबार, वैशाख २१, २०८१

सेयर बजारमा सामान्य वृद्वि, १ अर्ब ७६ करोडको कारोबार

मेरोन्यूज २०७९ माघ १८ गते १५:२२

काठमाडौं । साताकाे चाैथाे दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ४ दशमलव ९७ अंकले बढेर २,११६ दशमलव ६५ को विन्दुमा कायम भएको छ ।

Advertisement

आज ११० कम्पनीको शेयर मुल्य बढेको छ भने ९३ कम्पनीको शेयर मुल्य घटेको छ । दिनभरिमा २६१ कम्पनीको ५० लाख २४ हजार ३८१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७६ करोड ७० लाख ५१ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल बैंकको शेयर कारोबार भएको छ । बैंकको ५ करोड ९३ लाख ३९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया