शुक्रबार, वैशाख २१, २०८१

स्ट्यान्डर्ड चार्टर्ड बैंकले माघ २६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

मेरोन्यूज २०७९ माघ १८ गते १२:४२

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले माघ २६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले एक सुचना जारी गर्दै २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने बताएको हो ।

Advertisement

बैंकले ५ वर्ष अवधि तथा वार्षिक १० दशमलव ३० प्रतिशत व्याजदर भएको ‘१० दशमलव ३० प्रतिशत स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नामक ऋणपत्र बिक्री खुला गर्न लागेको हो । प्रतिऋणपत्र १००० रुपैयाँ अंकित दरका २४ लाख इकाइ ऋणपत्र निष्काशन गर्न लागेको हो ।

त्यसमध्ये ६० प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता ऋणपत्रले हुन आउने १ अर्ब ४० करोड ऋणपूँजी रकम व्यक्तिगत तबरबाट बिक्री गरिने र बाँकी ९ लाख ६० हजार कित्ता ऋणपत्रले हुन आउने ९६ करोड ऋणपूँजी रकम सर्वसाधारणको लागि निष्काशन गरिने बैंकले जनाएको छ ।

उक्त ऋणपत्रमा छिटोमा फागुन १ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया