शुक्रबार, वैशाख १४, २०८१

उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

मेरोन्यूज २०७९ माघ १७ गते ९:०७

काठमाडौँ । आम देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र अन्य स्थानमा सामान्यतया मौसम सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया