शुक्रबार, वैशाख १४, २०८१

माेफसल यात्रामा टीम ‘फूलबारी’, विपिनदेखि प्रियंकासम्म

मेरोन्यूज २०७९ माघ १५ गते १७:१०

काठमाडाैं । आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउन लागेको रामबाबु गुरुङद्वारा निर्देशित मल्टीस्टारर फिल्म ‘फूलबारी’ले देशका ७ प्रमुख शहरमा प्रमोसन अभियान सुरु गरेको छ ।

फिल्मको टिमले ‘कलेज क्याम्पियन’, ‘पब्लिक इभेन्ट’ र ‘मिट एण्ड ग्रिट’ जस्ता प्रमोसन कार्यक्रममार्फत् दर्शक भेट्ने छ । गत शुक्रबारदेखि बुटवलबाट सुरु भएको मोफसल प्रचार अभियान माघ २१ गतेसम्म चल्नेछ ।

प्रचारमा कलाकारहरु प्रियंका कार्की, विपिन कार्की, शिल्पा मास्के, संगीतकार तथा गायक कालीप्रसाद बासकोटालगायत सहभागी छन् । शुक्रबार निर्माण टिमले बुटवलको मणि मुकुन्द कलेज, सिद्धार्थ गौतम कलेज, न्यू होराइजन र कुँवरवर्ती इङ्लिस बोर्डिङ स्कुलमा फिल्मको प्रमोसन गरेको थियो।

रामबाबु गुरुङ निर्देशित फिल्ममा विपिन, प्रियंका र शिल्पासहित दयाहाङ राई, मनिष ढकाललगायतको अभिनय छ ।

प्रतिक्रिया