शुक्रबार, वैशाख १४, २०८१

वीरेन्द्रकुमार ठाकुर मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता

मेरोन्यूज २०७९ माघ १५ गते १४:३४

जनकपुरधाम। नवनियुक्त मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधीश गुणराज ढुंगेलबाट उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले ठाकुरलाई मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए । 


 

प्रतिक्रिया