आइतबार, वैशाख १६, २०८१

डोनाल्ड ट्रम्पले फेसबुक र इन्स्टाग्राम चलाउन पाउने

मेरोन्यूज २०७९ माघ १२ गते ११:५६

काठमाडौँ । अमेरिकाको पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राम चलाउन पाउने भएका छन् । उनलाई यी समाजिक सञ्जाल फिर्ता अनुमति दिइने मेटाले घोषणा गरेको हो ।

घोषणासँगै उनको अकाउण्टमा दुई वर्षको निलम्बन समाप्त हुनेछ । निलम्बन ‘आउँदो हप्ताहरूमा’ समाप्त हुने सामाजिक मिडियाले जानकारी दिएको छ ।

एक विज्ञप्तिमा मेटाका ग्लोबल अफेयर्सका अध्यक्ष निक क्लेगले भने कि जनताले ‘उनीहरूका राजनीतिज्ञहरूले के भनिरहेका छन् सुन्न सक्षम हुनु पर्दछ । ’

ट्रम्पको खाताले अब सार्वजनिक सुरक्षाका लागि गम्भीर जोखिम प्रतिनिधित्व नगर्ने एक समीक्षाले पत्ता लगाएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

प्रतिक्रिया