शुक्रबार, वैशाख १४, २०८१

कानुन मन्त्रीलाई स्पष्टीकरण सोध्ने प्रधानमन्त्रीको तयारी

टेलिभिजन अन्तर्वार्तामा संघीयता विरोधी अभिव्यक्ति दिएकोमा बुधबार स्पष्टीकरण सोधिने

मेरोन्यूज २०७९ माघ १० गते १९:५२

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता विरोधी अभिव्यक्ति दिएको भन्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवहादुर प्रधानलाई स्पष्टीकरण सोध्ने भएका छन् ।

टेलिभिजन अन्तर्वार्तामा कानुन मन्त्री प्रधानले संघीयता विरोधी अभिव्यक्ति दिएका थिए । राप्रपाका नेतासमेत रहेका प्रधानलाई बुधबार स्पष्टीकरण सोध्ने गरी प्रधानमन्त्री प्रचण्डले तयारी गरिरहेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीले आजै राष्ट्रिय सभामा बोल्दै संघीयता विरोधी अभिव्यक्ति नदिन मन्त्रीहरूलाई चेतावनी दिएका थिए । उनले सरकारमा बसेर संघीयता विरोधी अभिव्यक्ति दिने छुट कसैलाई नभएको र त्यसरी अभिव्यक्ति दिनेलाई स्पष्टीकरण सोध्ने बताएका थिए ।

‘कानुन मन्त्रीले संघीयता विरोधी अभिव्यक्ति दिन थाल्नु भएको सूचना प्रधानमन्त्रीसँग छ, यसबारे सम्भवत बुधबार स्पष्टीकरण सोध्ने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।

प्रतिक्रिया