सोमबार, वैशाख १७, २०८१

अफगान सेनाद्वारा कुनार प्रान्तमा ठूलो संख्यामा हतियार

मेरोन्यूज २०७९ माघ ३ गते २०:५४

काठमाडौँ । अफगान सुरक्षा बलहरूले पूर्वी प्रान्त कुनारमा शृङ्खलाबद्ध कारबाहीका क्रममा ठूलो संख्यामा हतियार र गोलाबारुद बरामद गरेको रक्षा मन्त्रालयका अधिकारी मौलावी सैयदुल्लाह रजवानले बताएका छन् ।

गत महिनामा विभिन्न किसिमका हतियार ७०३ थान र एक हजार २०० भन्दा बढी विभिन्न प्रकारका गोलीहरू कुनार प्रान्तका विभिन्न भागहरूबाट संकलन गरिएको रेज्वानले सिन्ह्वालाई बताएका छन् ।

विभिन्न व्यक्तिहरूबाट हतियार र गोलाबारुद संकलन गरी सोमबार यहाँ सुरक्षा अधिकारीहरूलाई हस्तान्तरण गरिएको उनले बताए ।

अफगानिस्तानमा सुरक्षा स्थायित्व गर्ने प्रयासस्वरूप तालिबानद् प्रशासनले सुरक्षा निकाय सम्बद्ध व्यक्तिबाहेक अरुबाट हतियार र गोलाबारुद संकलन गरिरहेको छ ।

प्रतिक्रिया