मंगलबार, वैशाख १८, २०८१

पहिलोपटक दौरा सुरुवालमा देखिए प्रचण्ड, प्रधानमन्त्रीको सपथ लिने तयारी

मेरोन्यूज २०७९ पुष ११ गते १६:०७

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् ।

उनी दौरा सुरुवाल लगाएर शपथ लिन पुगेका छन् । प्रचण्डले पहिलोपटक दौरा सुरुवाल लगाएका हुन् । यसअघि उनी दुईपटक प्रधानमन्त्री हुँदा नेपाली पोसाक लगाएका थिएनन् ।

यसअघि ०६५ र २०७३ सालमा प्रधानमन्त्री हुँदा प्रचण्डले सर्ट पाइण्ट, कोट, टोपी लगाएका थिए ।

प्रतिक्रिया