सोमबार, वैशाख १७, २०८१

अर्जेन्टिना र नेदरल्याण्ड्सको समाचार संकलन गएका पत्रकारको मृत्यु

मेरोन्यूज २०७९ मंसिर २४ गते १४:०९
फाइल फोटो

काठमाडौँ । कतारमा विश्वकपको समाचार कभर गर्ने क्रममा अमेरिकाका चर्चित फुटबल पत्रकारको मृत्यु भएको छ ।

४८ वर्षीय ग्राण्ट वाहल शुक्रबार राति अर्जेन्टिना र नेदरल्याण्ड्सको खेल हेर्दै गर्दा बेहोस भएका थिए । उनलाई हृदयघात भएको हुन सक्ने प्रारम्भिक रिपोर्टमा दर्शाइएको छ । तर, यसको आधिकारिक पुष्टि हुन बाँकी छ ।

गत महिना वाहललाई एलजीबीटी अधिकारको समर्थनमा रेनबो जर्सी लगाएर स्टेडियममा प्रवेश गर्न खोजेकोमा कतारी अधिकारीहरूले छोटो समयका लागि हिरासतमा लिएका थिए ।

यसैबीच, युस सकर फेडरेसनले उनको मृत्युलाई ‘हृदयविदारक’ भनेको छ । 
 

प्रतिक्रिया