शनिबार, वैशाख १५, २०८१

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

मेरोन्यूज २०७९ मंसिर २२ गते १३:०३

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि पहिलो पटक कार्यसम्पादन समिति बैठक बोलाएको छ।कांग्रेसले मंसिर २४ गते शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कार्यसम्पादन समिति बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको प्रत्यक्षतर्फ र समानुपातिकतर्फ मतपरिणाम आइसकेको छ। उक्त बैठकमा चुनावी समीक्षालगायत विषयमा छलफल हुनेछ। कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवासहित पदाधिकारी र शीर्ष नेताहरू छन्।

कार्यसम्पादन समिति बैठकमा संसदीय दलको नेता चयनका लागि मिति तय गर्नेजस्ता विषय पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया