शुक्रबार, वैशाख १४, २०८१

एमाले अध्यक्ष ओली र भारतीय राजदूतबीच भेटवार्ता

मेरोन्यूज २०७९ मंसिर २१ गते १९:४१

काठमाडौं । भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । राजदूत श्रीवास्तव बुधबार बिहानै ओली भेट्न बालकोट पुगेका थिए ।

ओली र श्रीवास्तवबीच बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म भेटघाट भएको ओलीको सचिवालयले जनाएको छ । नेपालमा नयाँ सरकार निर्माणको तयारी भईरहँदा भारतीय राजदूतको सक्रियता बढेको छ । श्रीवास्तवले निर्वाचनपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग दुई पटक र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एकपटक भेटिसकेका छन् ।

प्रतिक्रिया