शुक्रबार, वैशाख १४, २०८१

३० लाख बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

मेरोन्यूज २०७९ मंसिर १६ गते १५:३६

काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौँ महानगर ३० डिल्लीबजार बस्ने सिन्धुली सुनकोशी गाउँपालिका ६ घर भएका ५३ वर्षीय नारायण सिंह बराललाई पक्राउ गरिएको हो ।

उच्च अदालत पाटनको ०७९ भदौ ७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३० लाख रूपैयाँ जरिवाना र १० दिन कैद सजाय ठहर भई फरार रहेका बराललाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौँ महानगर ३० डिल्लीबजारबाट पक्राउ गरेको हो ।

बरालले ०७७ चैत ५ गते हिमालयन बैंक लिमिटेड डिल्लीबजार शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानेर जाहेरवालालाई झुक्याएर दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।
 
उनलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय सुन्धारा काठमाडौँमा पठाइएको छ ।

प्रतिक्रिया