शनिबार, वैशाख १५, २०८१

झगडामा कुटेर एक जनाको हत्या, छ जना पक्राउ

मेरोन्यूज २०७९ मंसिर १६ गते १४:५५

काठमाडौँ । धनुषाको मिथिला बिहारी नगरपालिका ४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव र ४२ वर्षीय सुरज यादवबीच जग्गाको विषयमा विवाद भई झगडामा हुँदा एक जनाको मृत्यु भएको छ ।

झगडामा घाइते भएका प्रभु यादवको बिहीबार राति मृत्यु भएको हो । कुटपिटबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय धनुषाधाम, इलाका प्रहरी कार्यालय सबैला र प्रहरी चौकी ललियाबाट खटिएको प्रहरीले घटनामा संलग्न छ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २७ वर्षीय गणेश कुमार यादवसहित ६ जना रहेका छन् । घटनामा घाइते भएका ३० वर्षीय जगरनाथ यादवसहित तीन जनाको जनकपुरमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया