शनिबार, वैशाख २२, २०८१

रौतहटमा ९० प्रतिशत स्वतन्त्र उम्मेदवारले जोगाउन सकेनन् जमानत

मेरोन्यूज २०७९ मंसिर १६ गते ९:२४

काठमाडौं । गत मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका रौतहटका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ।

Advertisement

कुल १ सय १७ जनाले स्वतन्त्र उम्मेदवारी दिएकोमा ९० प्रतिशतभन्दा बढी उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

२ सय ७ मध्ये प्रतिनिधिसभातर्फ ५८ र प्रदेशसभातर्फ १ सय १० गरी १ सय ६८ जनाले जमानत जोगाउन नसकेको आयोगको भनाइ छ। जिल्लामा प्रतिनिधिसभातर्फका ४ निर्वाचन क्षेत्रमा ६७ जनाको उम्मेदवारी परेको थियो भने प्रदेशसभातर्फका ८ क्षेत्रमा १ सय ४० जना उम्मेदवार थिए। जमानत जफत हुनेमध्ये सबैजसो स्वतन्त्र उम्मेदवार रहेका जिल्ला निर्वाचन अधिकृत छोटेलाल दासले बताए।

प्रतिक्रिया