शुक्रबार, वैशाख १४, २०८१

आईसीसी क्रिकेट विश्वकप लिग टु : आज नेपालले नामिबियासँग खेल्दै

मेरोन्यूज २०७९ मंसिर १६ गते ७:५२

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित शृंखलामा नेपालले आज नामिबियासँग पहिलो खेल खेल्दैछ । दिउँसो पौने २ बजे नेपाल र नामिबियाबीचको खेल सुरु हुनेछ ।

नयाँ कप्तान रोहित पौडेलको आगामनपछि नेपालले लिग टुमा पहिलो शृंखला खेल्न लागेको हो । यस्तै निलम्बित कप्तान सन्दीप लामिछाने विनाको पनि यो पहिलो लिग टु खेल हुनेछ ।

युएई विरुद्धको शृंखला खेल्दै नेपालले नामिबियाको तयारी थालेको थियो । उक्त शृंखला २–१ ले जिते पनि नेपालको ब्याटिङमा समस्या भने उस्तै थियो । नयाँ कप्तान रोहितले नामिबियामा टुरमा सुधार्नुपर्ने महत्वपूर्ण पक्ष नै ब्याटिङ मानेका छन् । यस्तै निलम्बित कप्तान सन्दीप लामिछाने नहुँदा इनिङ्सको बीचमा नेपालका लागि विकेट लिने बलरको अभाव हुन सक्छ ।

प्रतिक्रिया