शुक्रबार, वैशाख १४, २०८१

बाजुरामा कांग्रेसका बद्री पाण्डे अघिअघि, एमालेका थापा पछिपछि

मेरोन्यूज २०७९ मंसिर १६ गते ७:०८

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिएका छन्। एक मात्र प्रतिनिधि सभा क्षेत्र बाजुरामा पाण्डे १ हजार ११२ मतले अगाडी छन् । उनले ५हजार १०६ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापा पछि परेका छन्। थापाले ३ हजार ९९४ मत ल्याएका छन्।

राप्रपाका उम्मेदवार जंगकुमार गिरीले २२ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले २१ र जनसमाजवादी पार्टी नेपालका उम्मेदवार रामबहादुर शाहीले ११ मत ल्याएका छन्। अहिले मत गणना जारी छ ।

प्रतिक्रिया