शुक्रबार, वैशाख १४, २०८१

विश्वकपको समूह चरणबाटै बाहिरिएपछि बेल्जियमका प्रशिक्षकले राजीनामा दिए

मेरोन्यूज २०७९ मंसिर १६ गते ६:५७

काठमाडौं । बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पद छाडेका छन् । कतारमा जारी विश्वकपको समूह चरणबाटै बाहिरिएपछि मार्टिनेजले राजीनामा दिने घोषणा गरेका हुन् ।

समूह एफको अन्तिम खेलमा बिहीबार क्रोएसियासँग बराबरीमा रोकिएपछि विश्व वरीयताको दोस्रो नम्बरमा रहेको बेल्जियम समूहमा तेस्रो हुँदै बाहिरिएको हो ।
सन् २०१६ मा मुख्य प्रशिक्षकको जिम्मेवारी संहालेयता मार्टिनेजले बेल्जियमको स्वर्ण पुस्तालाई दुई युरोकप र दुईपल्ट विश्वकप खेलाए पनि खास उपलब्धी दिलाउन सकेनन् । तर, बेल्जियम लामो समय फिफा वरीयताको शीर्ष स्थानमा भने रहिरह्यो ।

प्रतिक्रिया