शुक्रबार, वैशाख १४, २०८१

बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

मेरोन्यूज २०७९ मंसिर १५ गते १५:३०

काठमाडौँ । क्षमताभन्दा बढी सामान बोकेका ७५ वटा ट्रक र ट्रिपर कारबाहीमा परेका छन् ।

बुधबार राति ९ देखि ११ बजेसम्म भक्तपुरको सल्लाघारी–जगाती सडक खण्डमा गरिएको रात्रि कालीन चेकिङमा हद निर्धारण गरिएभन्दा बढी सामान राखिएका ती सवारी साधनलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

कूल ३२ वटा सवारी साधनलाई यातायात व्यवस्था ऐन २०४९ बजोजिम एक हजार रुपैयाँ जरिवाना गरिएको र ४३ वटा सवारी साधनमा बढी भएको सामान भने कारवाही स्वरुप हटाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया