शुक्रबार, वैशाख २१, २०८१

ससुरा- बुहारीको सुखद संसद यात्रा

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता र उनका ससुर लालविर चौधरी प्रतिनिधिसभामा सँगै हुनेछन्

मेरोन्यूज २०७९ मंसिर ९ गते १४:०१

काठमाडौं । राजनीतिमा असम्भव भन्ने केही हुँदैन । आफुमा केही गर्ने हुटहुटी र जनताप्रतिको सेवाभाव छ भने थोरै मेहनतमा पनि जनताले ब्यालेटकै माध्यमबाट पनि पत्याईदिन्छन र परिणाम सुखद दिन्छन भन्ने उदाहरण यो पटकको चुनावले पनि देखाएको छ ।

Advertisement

नयाँ शक्तिका रुपमा यसपटक जनताले सदनमा राष्टिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई अनुमोदन गरेको छ । अझ अचम्म त जनताले पहलिे देखिकै परिचित चुनाव चिन्ह, बलियो पार्टी भनेर मात्रै हुँदैन, नतिजामा उलटफेर पनि गर्न सक्छन, चाहे भन्ने उदाहरण पनि यसपटकको चुनावमा देखाएका छन् ।

यो चुनावले नयाँ तीन दललाई संसदमा सहभागिताका लागि आ आफनो हैसियतसहित पठाईरहँदा नयाँ दल नागरिक उन्मुक्ति पार्टीको भने अलग पहिचान पनि चुनावमा देखिएको छ ।

रेशम चौधरी टिकापुर घटनामा दोषी भई जेलमा रहेका बेला उनको न्याय र मुक्तिको लागि उनकै पहलमा गठन भएको नागरिक उन्मुक्ति पार्टी सूदुरपश्चिममा अनुमोदित भएको छ ।
परिवेशले यस्तो बनाएको छ की, ०७४ मा फरार सूचीमै रहेर चुनाव लडेका रेशमले फरार रहेकै अवस्थामा कैलाली १ बाट चुनाव जितिदिए । उनले सांसदको सपथ सम्म त खान पाए, तर उनले संसदभित्र पुगेर आफनो आवाज मुखरित गर्न पाएनन । त्यही तोडमा उनले आफ्नै श्रीमतीको अध्यक्षतामा नयाँ दल खोले ।

त्यही दल नागरिक उन्मुक्तिले यसपटक संसदमा श्रीमती श्रेष्ठ मात्रै होइन, थप नेतालाई पनि प्रतिनिधिको रुपमा संसदमा सहभागिताको अवस्थामा लगेको छ ।

यो पटक आफु डिल्लीबजार सदरखोरमा रहेपनि उनकी श्रीमती र बाबु संसदमा गुज्जिनेछन् । अर्थात रन्जिता र ससुरा लालविर चौधरी दुवै संसदमा पुगेका छन् ।

मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा रेशमका बुबा लालविर चौधरी र श्रीमती रञ्जिता श्रेष्ठ प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन।

वुवा लालविर चौधरी बर्दियाको क्षेत्र नं २ बाट २६ हजार ५२० मत सहित विजयी भएका हुन भने श्रेष्ठ कैलाली क्षेत्र नं १ बाट विजयी भएकी छिन् ।

चौधरी स्वतन्त्रबाट चुनाव लडेका थिए भने श्रेष्ठ नागरिक उन्मुक्ति पार्टी बाट । रञ्जिता आफै उक्त पार्टीकी अध्यक्ष हुन। उनी सोही पार्टीको चुनावचिन्ह ढकियाबाट चुनाव लडेकी थिईन।

टीकापुर घटनामा दोषी ठहर भै हाल जेल जीवन बिताईरहेका रेशमलालले बर्दिया क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गरेका थिए। तर, निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका बाबु लालविर चौधरीलाई समर्थन गरेको थियो।

रेशमले उम्मेदवारी दर्ता गर्दा नै आफनो उम्मेदवारी खारेज हुन सक्ने ठानी त्यही क्षेत्रमा आफ्नै बाबुलाई पनि स्वतन्त्रबाट उम्मेदवार उठाएका थिए । जव उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदियो, नागरिक उन्मुक्तिले उनको बाबुलाई त्यस क्षेत्रमा सहयोग गरयो ।

स्वतन्त्रबाट चुनाव लडे पनि नागरिक उन्मुक्तिको समर्थन पाएका चौधरीले प्रतिस्पर्धी भन्दा झिनो मतान्तरले चुनाव जितेका छन। उनले निकटतम प्रतिस्पर्धी भन्दा१३६ बढी मतले चुनाव जितेका छन।

उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुरेश पन्थले २६ हजार ३८४ मत पाएका छन।

यता कैलाली क्षेत्र नं १ बाट सानदार जित हात पारेकी श्रेष्ठले पतिको बिरासत जोगाउन सफल भएकी छन। उनी निकटतम प्रतिस्पर्धी भन्दा १२ हजार ३२३ मतान्तरले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडका अनुसार श्रेष्ठले ३० हजार ४०४ मत पाएकी छन। उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका पूर्वमन्त्री रामजनम चौधरीले १८ हजार ८१ मत पाएका छन।

२०७४ को आमनिर्वाचनमा रेशमलाल कैलाली क्षेत्र नं। १ बाट भूमिगत अवस्थामै चुनाव लडेर विजयी भएका थिए। उनले ३४ हजार ३४१ मत ल्याएर विजयी भएका थिए। उनी तत्कालिन अवस्थामा राष्ट्रिय जनता पार्टीबाट चुनाव लडेका हुन।

प्रतिक्रिया