शुक्रबार, वैशाख २१, २०८१

कञ्चनपुर १ मा प्रचण्डकी बुहारी बिना पराजित

मेरोन्यूज २०७९ मंसिर ८ गते २२:०८

काठमाडौँ । कञ्चनपुर १ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी बिना मगर पराजित भएकी छन् । मगर नेकपा एमालेका तारा लामा तामाङसँग पराजित भएकी हुन् ।

तामाङले मगरलाई चार हजार ९११ मतान्तरले पराजित गरेका छन् । तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत पाएकी हुन् । मगर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी बुहारी हुन् ।

यो क्षेत्रमा ९९ हजार ११० मतदाता रहेकोमा ६४ हजार २३९ मत खसेको थियो ।

प्रतिक्रिया