शनिबार, वैशाख १५, २०८१

धादिङ १ (क) मा शालिकराम जम्कट्टेल विजयी

मेरोन्यूज २०७९ मंसिर ८ गते १७:२५

काठमाडौँ । धादिङ १ अन्तर्गत प्रदेशसभा ख मा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल विजयी भएका छन् ।

नेकपा एमालेका गजेन्द्र थपलियालाई सात हजार ४२५ मतन्तरले पराजित गर्दै जम्कट्टेल विजयी भएका हुन् ।

यो प्रदेशसभा क्षेत्रमा कूल ३५ हजार नौ सय पाँच मत गणना हुँदा प्रारम्भिक मत परिणामअनुसार जम्कट्टेलले १९ हजार ९०३ मत पाएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थपलियाले १२ हजार ४७८ मत पाएका हुन् ।

जम्कट्टेल ०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वातित भएका थिए । उनले बागमती प्रदेश सरकारमा दुई वटा मन्त्रालय सम्हालिसकेका छन् ।

प्रतिक्रिया