सोमबार, वैशाख २४, २०८१

समानुपातिकमा एमाले कांग्रेसभन्दा ३७ हजार मतले अगाडी, कुन दलको कति मत ?

मेरोन्यूज २०७९ मंसिर ८ गते ६:४६

काठमाडौं । समानुपातिक तर्फको मतगणनामा अहिले बिहान साढे ६ बजेसम्मको मतगणनामा एमाले सवैभन्दा ठूलो दलको रुपमा देखा परेको छ । एमालेले कांग्रेसको भन्दा झण्डै ३७ हजार बढी मतले समानुपातिक तर्फको मतगणनामा अग्रता लिईरहेको छ । एमालेले ४६५६४१ मतले अग्रता लिईरहेको छ ।

Advertisement

एमालेलाई पछ्याईरहेको नेपाली कांग्रेस ३६६८५ मतले तल छ । कांग्रेसले अहिलेसम्म ४२८९५६ मत पाएको छ ।

तेस्रो स्थानमा रवि लामिछाने नेतृत्वको नयाँ दल राष्टिय स्तन्त्र पार्टी छ । उसले विगतमा तेस्रो रहँदैं आएको माओवादी केन्द्रलाई पछाडी पाँदैं अहिलेसम्म २४०८७२ मत पाएको छ । चौथो स्थानमा झरेको माओवादी केन्द्रको अहिलेसम्म १९८९९२ मत छ ।

नेकपा एकीकृत समाजवादी अहिलेसम्म १० औं स्थानमा छ ।


हेर्नुहोस् अहिलेसम्म कुन दलले कति पाए मत ?

प्रतिक्रिया