आइतबार, जेठ ६, २०८१

धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

मेरोन्यूज २०८१ वैशाख २४ गते ९:४६

धनगढी । धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-९ बस्ने ६० वर्षीया राजुदेवी बोहराको आफ्नै घर नजिकै रहेको गुल्लरको रूखमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो।

Advertisement

रुखबाट लडेर गम्भिर घाइते भएकी उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याउँदा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए। 

प्रतिक्रिया