आइतबार, वैशाख २३, २०८१

स्थानीय तहमा भोट हाले, अहिले नाम फेला पारेनन्

मेरोन्यूज २०७९ मंसिर ४ गते १४:४८

सप्तरी । राजविराज ३ का ३४ वर्षीय विवेककुमार भट्टराई जारी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा मत हाल्न विराटनगरबाट राजविराज आए ।

Advertisement

उनी बिहान १० बजे आफूले मतदान गर्ने मतदान केन्द्र केशो अनुरूद्धवती माध्यमिक विद्यालय पुगे । मतदान गर्ने प्रक्रियाअनुसार आफ्नो क्रम संख्या र नाम खोज्दा उनको नाम मतदाता नामावली पाइएन् ।

नाम नभएको सुन्ने बितिक्कै उनी छक्क परे । उनको स्थानीय तहको चुनावमा नाम थियो । उनले मत पनि खसाएका थिए । अहिले नाम कसरी छैन ? भन्ने विषयमा मतदान अधिकृत निरन्जन यादवलाई  जानकारी गराए ।

आफ्नो नाम नभएको जानकारी गराउनेबित्तिकै निर्वाचन अधिकृतले निर्वाचन कार्यालय सप्तरीमा सम्पर्क गर्दा डिलिट भएको हुन सक्ने प्रतिक्रिया पाएपछि उनले विवेकलाई निर्वाचन कार्यालयमा सम्पर्क गर्न भने ।

उनले निर्वाचन कार्यालयको वेब साइडमा पनि हेर नाम भेट्टाएनन् । त्यसपछि उनी निराश हुँदै फर्के । मत हाल्नैको लागि विराटनगरबाट आएका उनले कर्मचारीको लापरबाहीले मताधिकारबाट बन्चित हुनु परेको भन्दै आक्रोश व्यक्त गरे ।

राजविराज( ३ का ७० वर्षीय हैदर अली पनि मतदानको दिन मतदान स्थलमा मत खसाल्नका लागि बिहानदेखि १२ बजेसम्म चार पटक धाए ।
उनले पनि नाम भेटेनन् । निर्वाचनको वेब साइडमा खोज्दा पनि उनको नाम र क्रम संख्या भेटिएन् । उनी मताधिकार बन्चित भएको भन्दै आक्रोशित हुँदै फर्के ।

प्रतिक्रिया