आइतबार, वैशाख २३, २०८१

कास्कीमा खस्यो ४२ प्रतिशत मत

मेरोन्यूज २०७९ मंसिर ४ गते १४:१८

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा कास्कीमा दिउँसो १ बजेसम्म ४२ प्रतिशत मत खसेको छ ।

Advertisement

कास्कीमा उत्साहजनक रुपमा मतदानमा सहभागी भएको भन्दै दिउँसो १ बजेसम्म ४२ प्रतिशत मतदान भएको गण्डकी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानले जानकारी दिए । 

कास्कीमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । कास्कीमा १५० मतदान स्थलमा ३४४ मतदान केन्द्र छन् । कास्कीमा दुई लाख ९१ हजार ५६८ जना मतदाता रहेका छन् । 

कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित तालबराह आधारभूत विद्यालय मतदान केन्द्रमा ३० मिनेटपछि मतदान पुनः सुरु भएको छ । एक मतदाताले मतपेटिका फुटाएपछि मतदान रोकिएकामा सर्वदलीय छलफलपछि पुनः शुरु भएको हो । 

नेकपा बहुमतका कार्यकर्ता टुकबहादुर बिकले मत हालिसकेपछि नेकपा बहुमत जिन्दावादको नारा लगाएर मतपेटिका थेचारेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

प्रतिक्रिया