आइतबार, वैशाख २३, २०८१

पाँच जिल्लाका यी २७ ठाउँमा मतदान स्थगित

मेरोन्यूज २०७९ मंसिर ४ गते १२:४२

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको क्रममा मतदान रोक्ने प्रयास भएपछि प्रहरीले पाँच जिल्लामा गोली चलाएको छ । भने देशभर २७ ठाउँमा मतदान स्थगित भएको छ। तीमध्ये कतिपय ठाउँको मतदान पुनः सुरु भइसकेको पनि राईले बताए ।

Advertisement

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईेले रौतहट, सिराहा, चितवन, दोलखा र बाजुरामा गोली चलेको जानकारी दिए । उनका अनुसार मतदान रोक्ने प्रयास र झडपको स्थिति सृजना भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि गोली चलाएको छ ।

प्रतिक्रिया