शनिबार, वैशाख १५, २०८१

एनआरएनएको सहयोगमा भूकम्प पीडितलाई राहत वितरण

मेरोन्यूज २०७९ कार्तिक २७ गते २०:०५

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरेको छ ।

एनआरएनएको आयोजना तथा कैलाली उद्योग वाणिज्य सङ्घ र डोटी उद्योग वाणिज्य सङ्घको संयुक्त सहकार्यमा भूकम्प पीडितलाई राहत सामग्री वितरण गरिएको हो ।

जिल्ला विपत् व्यवस्थापन समितिमार्फत भूकम्प पीडितलाई साढे तीन लाखभन्दा बढी बराबरको राहत सामग्री सहयोग गरिएको एनआरएनएका कार्यकारी अध्यक्ष रवीना थापाले जानकारी दिए । एनआरएनएले खाद्यान्न र लत्ताकपडा उपलब्ध गराएको छ ।

एनआरएनएले ०७२ सालको गोरखा भूकम्पबाट पीडितलाई विभिन्न जिल्लामा सहयोग गरेको थियो । यही कात्तिक २२ गते गएको भूकम्पबाट डोटीमा ६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया