शुक्रबार, वैशाख १४, २०८१

निर्वाचनमा कस्तो हुनुपर्छ नागरिकका भूमिका ?

नारायण शर्मा २०७९ कार्तिक २६ गते ९:५९

१.  चुनावमा सहभागी भैरहेका देसका मुख्य शक्तिहरु आफूलाई लोकतन्त्रवादी अर्थात् काङ्ग्रेस भन्नेहरु, वामपन्थीहरु अर्थात् कम्युनिस्ट क्रान्तिकारी भन्नेहरु, राष्ट्रवादीहरु अर्थात् राजावादी भनिनेहरु, मधेशवादीहरु अर्थात् भारतपरस्त शक्तिहरु र सबै प्रकारका स्वतन्त्रहरु गरी जम्मा पाँच समूहमा र चुनावमा भाग नलिने, बहिष्कार गर्ने, खारेज गर्ने, अवज्ञा गर्ने वा नो भोटको रुपमा ब्याक भोट गर्ने बहिष्कारवादी अर्थात्  क्रान्तिकारी कम्युनिस्ट भनिएकाहरु १ समूह गरी जम्माजम्मी ६ समूहमा भेंडा भेंडाका साथ र बाख्रा बाख्राका साथ भनेझैं आपसमा एकीकृत, ध्रुवीकृत र केन्द्रीकृत हुने ।

२. हरेक समूहमा रहेका सचेत, संवेदनशील, गम्भीर र जिम्मेवार एवं देस र जनाप्रति बफादार नेता, कार्यकर्ता र जनताले आआफ्नो समूहका स्वच्छ, सक्षम, सकृय, नयाँ, भिजनरी देसभक्त र  जनसेवीलाई प्राथमिकता दिएर जिताउन मतदान गर्ने नीति लिने । 

नारायण शर्मा

३. यसो गर्दा आफ्नो समूहका केही छानिएका राम्रालाई जिताउन अप्ठेरो भएमा अन्तमा फ्लोर क्रस गरेर अन्य समूहहरुबाट पनि त्यस्ताको भोट लिने र आफ्नो समूहबाट पनि अन्य समूहका त्यस्ता असल उमेदवारलाई अरु सबै समूहकाले सघाउने र जित्ने-जिताउने तालमेल मिलाउने ।

४. बहिष्कारवादीहरुले पनि बहिष्कारका अन्य कार्यक्रमहरुद्वारा वैचारिक र राजनीतिक प्रचार र संघर्षबाट पाउन सकिने जति मूल लक्ष पाइसकेपछि अन्तमा बिनासंकोच उपलब्ध सच्चा देसभक्त, जनवादी, समाजवादी र वामपन्थी क्रान्तिकारी शक्ति र व्यक्तिहरुलाई मतदान गर्ने तर त्यस्तो सम्भावना नभएका स्थानहरुमा नो भोटको रुपमा ब्याक भोट गर्ने अर्थात् मतपत्रको पछिल्तिर छाप लगाउने !

यसो गर्दा एउटा स्वतन्त्र, स्वविवेकी, स्वाभिमानी र आत्मनिर्णयी नेता, कार्यकर्ता र समर्थक-शुभचिन्तकहरुले आआफ्ना पूर्वपार्टी, पूर्वविचार र पूर्वाग्रहबाट माथि उठी देस र जनतालाई न्याय, समानता, सुशासन, शान्ति र विकास दिने विचार र उद्देश्यले देस र जनताका निम्ति निस्वार्थ, निर्भिक र निरन्तर लडेका वा लड्ने उमेदवारहरुलाई मतदान गरी जिताउने ।

५. यसो गरेर देस, जनता र क्रान्तिको निम्ति सरकारदेखि सदन हुँदै सडकसम्मको संघर्ष सशक्त बनाई साम्राज्यवादी, विस्तारवादी र प्रतिकृयावादी दलाल र गद्दारहरुलाई कमजोर पार्दै राष्ट्रिय हित र विकासलाई गति दिने ।

६. आफूलाई स्वतन्त्र नागरिक अगुवा बताउने बुद्धिजीवीहरुले डलर, भारु, युरो वा युयानको आधारमा होइन राष्ट्रिय स्वाधीनता, अखन्डता र सार्वभमिकताको संरक्षण र सम्बर्द्धनको लागि आफ्नो ब्रह्म र विवेक प्रयोग गरेर स्वाभिमानी, जिम्मेवार र जवाफदेही उमेदवारलाई मतदान गरी जिताउन भूमिका खेल्ने ।

७. यसपटक सबै सच्चा देसभक्त र क्रान्तिकारी भनिने शक्ति र संघसंस्थामा आबद्ध तथा स्वतन्त्र  जनसमुदायहरु अघिपछिभन्दा बढी नै संवेदनशील, गम्भीर र जिम्मेवार देसमुखी भएर सोंच्ने र उक्त केही भिन्न, नयाँ, मौलिक र वस्तुसम्मत देसमुखी र जनमुखी निर्णय गर्ने, आदि । 

यो बेला देसका ठुला भनिएका सतापक्ष वा विपक्षमा रहेका नेका, माके, एस, एमाले र मधेशवादी दल र तिनका ठुला नेताहरुको वैदेशिक शक्तिकेन्द्रहरुप्रति दलाली, आत्मसमर्पण र गद्दारीका कारण MCC , नागरिकता, SPP, लिम्पियाधुरा एवं अपर कर्णालीसमेतका विभिन्न नदीनालासंग सम्बन्धित सम्झौता-कानुनका माध्यमबाट देसको स्वाधीनता, स्वाभिमान, सार्वभौमिकता, अखन्डता, शान्ति-समृद्धि मात्र होइन देसको स्वत्व-अस्तित्व समेत गम्भीरतम खतरामा परेको बेला हो ।

तसर्थ यतिबेला सच्चा देसभक्तहरु राष्ट्रिय स्वाधीनता र स्वत्व-अस्तित्वको रक्षाको लागि देसमुखी भएर सोंच्ने र गर्ने गर्नैपर्छ । यसो गर्दा हामी कुनै आस्था, वाद, सिद्धान्त, संगठन र नेतृत्वप्रति प्रतिबद्ध वा स्वतन्त्र सच्चा सपुतहरुले “nation first n above” भन्ने सोंचेर आफ्ना राजनीतिक गतिविधिहरु गर्नु-गराउनु अत्यन्त जरुरी छ ।

त्यसैले पंचायती कालदेखि हालसम्मको निकै लामो चुनाव उपयोगको क्षेत्रमा देस, जनता, क्रान्ति र मुक्तिको पक्षमा स्वच्छ, स्वाभिमानी र निस्वार्थ भएर संघर्ष गर्दै  राष्ट्रवादी र जनसेवी छवि प्रमाणित गरेको सच्चा देसभक्त र जनमुखी शक्ति नेमकिपालाई सके खुल्ला समर्थन र सहयोग गर्ने; नसके उसको चुनाव चिन्ह “मादल” मा गोप्य मतदान गरेर नेपाली देसभक्त शक्ति र समुदायहरुको सशक्त प्रतिनिधित्व गर्ने एउटा सबल राष्ट्रिय पार्टी बनाउने प्रयास गर्ने हो ।

यसका साथै अन्य सबै पार्टीका बारबार प्रधान मन्त्री, मन्त्री र सांसद भएर देस बर्बाद गर्ने गरेका बूढा-पुराना  परिचित र परीक्षित शीर्ष, भ्रष्ट, दलाल, गद्दार र राष्ट्रघाती र जनघाती नेता- उमेदवारहरुलाई “no not again” वा “your turn is over” भन्दै ठाउँका ठाउँ हराउने र तिनका स्थानमा कुनै पार्टीमा आबद्ध वा स्वतन्त्र  तुलनात्मक रुपले स्वविवेकी, स्वाभिमानी, स्वच्छ, शिक्षित, सक्षम, साहसी र भिजनरी देसभक्त र जनमुखी नयाँ र युवा उमेदवारहरुलाई जिताउनै पर्छ ।

त्यस्ता उमेदवार नभएका क्षेत्रहरुमा “No Vote” को रुपमा “Back Vote” गर्ने अर्थात् सम्बन्धित सबै उमेद्वारहरु स्वच्छ र सक्षम नदेखिएकोले ती सबैलाई निषेध स्वरुप मतपत्रको पछिल्तिर छाप लगाउने गर्नुपर्छ । यतिबेला यही नै हामी सचेत र स्वतन्त्र देसभक्त र जनपक्षीय नागरिकहरुको अहं भूमिका हो र हुनुपर्छ ।

यसको तात्पर्य यसमार्फत विभिन्न पार्टी र संसदीय दलहरुभित्र र संसदमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह हुन सकोस् र सत्तापक्षबाट भएका र हुनसक्ने राष्ट्रविरोधी र जनविरोधी नीति-निर्णय, ऐन-कानुन, सन्धि-सम्झौता र काम-व्यवहारका विरुद्ध सदन र सडकबाट प्रभावकारी र परिणाममुखी निर्णायक  खबर्दारी हुन सक्छ र सकोस् भन्ने विश्वास छ । आशा एवं विश्वास छ कि यसो गर्न-गराउन सकियो भने हाम्रो देस नेपाल र हामी नेपाली सही अर्थमा मुक्त र स्वतन्त्र हुनेछौं र शान्ति, स्थिरता र विकासको मार्गमा तीव्रता र गुणात्मकताका साथ अघि बढ्न सक्नेछौं ।

प्रतिक्रिया