मंगलबार, वैशाख २५, २०८१

बुल्गेरियाको राजधानीमा सर्वसाधरणमाथि गोली प्रहार

मेरोन्यूज २०७९ कार्तिक २५ गते १८:१८

काठमाडौँ । बुल्गेरियाको राजधानीको मध्यभागमा शुक्रबार एक व्यक्तिको गोली हानी हत्या भएको देशको आन्तरिक मन्त्रालयले जनाएको छ ।

Advertisement

सोफियाको एक बजारमा ४१ वर्षीय व्यक्तिको टाउकोमा गोली प्रहार गरिएको र अस्पताल लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

गोली प्रहार गर्ने ६२ वर्षीय व्यक्तिलाई घटनास्थलबाटै पक्राउ गरिएको बताइएको छ । घटना बारे छानबिन भइरहेको छ ।

प्रतिक्रिया