मंगलबार, वैशाख २५, २०८१

चिनियाँ उपमन्त्री नेपाल आउँदै

मेरोन्यूज २०७९ कार्तिक २५ गते ११:३४

काठमाडौं । चीनको संस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन नेपाल आउने भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भन्दाअघि नै उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।​

Advertisement

परराष्ट्रमन्त्री नारायण खड्का चुनावी कार्यक्रममा उदयपुरमा छन् । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले चिनियाँ उपमन्त्री नेपाल आउने कार्यक्रम रहेको तर मिति यकिन नभएको बताए ।

मन्त्री श्रेष्ठले भने, ‘उहाँ आउँदै हुनुहुन्छ तर, समय यकिन भैसकेको छैन ।’ खड्काको अनुपस्थितिमा पर्यटनमन्त्री श्रेष्ठले चिनियाँ पाहुनालाई स्वागत गर्ने कार्यक्रम तय गरिएको पराष्ट्रमन्त्री खड्काका स्वकीय सचिव लिला भट्टराईले जानकारी दिए ।

श्रेष्ठले चिनियाँ उपमन्त्री आउने मितिका बारेमा केही नखुलाएपनि उनी आजै राती काठमाडौं आईपुग्ने र चार दिन पछि २७ कात्तिकमा मात्र स्वदेश फर्किने गरी आउन लागेको बताइएको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा हुन लागेको चिनियाँ मन्त्रीको भ्रमणलाई अर्थपूर्ण रुपले हेरिएको छ । 

चिनियाँ उपमन्त्रीले काठमाडौं र भक्तपुरमा चिनियाँ लगानीमा बनेका सम्पदाहरुको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया