मंगलबार, वैशाख २५, २०८१

खिच्न नपाउन् भनेर आलियाको छोरीलाई भेट्न रोक

मेरोन्यूज २०७९ कार्तिक २४ गते १७:४७

मुम्बई । गत ६ नोभेम्बरमा अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट छोरीको आमाबाबु बनेपछि कपुर परिवारमा खुसियाली छाएको छ । आलिया बिहीबार मात्र अस्पतालबाट डिस्चार्ज भई रणवीरको घर पुगेकी छन् ।

Advertisement

आलिया र रणवीरकी छोरीलाई भेट्न कैयौं पाहुना अस्पतालमा पुगे पनि उनीहरूलाई छोरीलाई भेट्न प्रशासनले अनुमति दिएन । कपुर परिवारले छोरीको तस्बिर कसैले खिच्न नपाउन् भनेर यो निर्णय लिएका हुन् ।

‘रणवीर र आलिया आफ्नी छोरीको तस्बिर इन्टरनेटमा नआओस् भन्ने चाहन्छन्, छोरी अहिले सानी भएकीले उनलाई इन्फेक्सनको खतरा पनि उत्तिकै छ, त्यही कारण पाहुनालाई छोरीसँग भेट गर्न रोक लगाइएको छ, प्रत्येक पाहुनालाई कोभिड १९ नेगेटिभ सर्टिफिकेट देखाउन पनि सम्भव छैन, यो राम्रो पनि हुँदैन’, कपुर निकट स्रोतले भनेको छ ।

प्रतिक्रिया