बुधबार, वैशाख २६, २०८१

ट्वान्दी २० विश्वकपमा भारतको लज्जास्पद हार, फाइनलमा पुग्यो इंग्ल्यान्ड

मेरोन्यूज २०७९ कार्तिक २४ गते १७:०७

काठमाडौँ । भारतमाथि सानदार जित निकाल्दै इंग्ल्यान्डले ट्वान्टी २० विश्वकपको फाइनलमा पुगेको छ । इंग्ल्यान्डले भारतमाथि १० विकेटको जित निकालेको हो ।

Advertisement

अब आइतबार अस्ट्रेलियाको मेलबर्नमा हुने फाइनल खेलमा इंग्ल्यान्डले पाकिस्तानसँग सामना गर्नेछ । हारसँगै ट्वान्टी २० क्रिकेटको नम्बर १ रहेको भारतले लज्जास्पद हार बेहोरेको छ ।

सन् २०१० को च्याम्पियन इंग्ल्यान्ड ट्वान्टी २० विश्वकपको फाइनल पुगेको यो तेस्रोपटक हो । पहिले ब्याटिङ गरेको भारतले एक सय ६९ रनको सम्माजनक लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्यान्डका लागि प्रारम्भिक ब्याटिङ जोडी जस बटलर र एलेक्स हेल्सले उत्कृष्ट प्रदर्शन गरे । उनीहरूले ट्वान्टी २० विश्वकपकै सबैभन्दा ठूलो साझेदारी गरे ।

इंग्ल्यान्डले बिना कुनै विकेटको क्षति १६ ओभरमा एक सय ७० रन बनाएको हो । उसका लागि जस बटलरले ४९ बलको सामना गरी ८० रन बनाए । उनले ९ चौका र ३ छक्का प्रहार गरे । यस्तै एलेक्स हेल्सले ४७ बलमा ८६ रन बनाए । उनले ४ चौका र ७ छक्का प्रहार गरेका थिए ।

त्यसअअघि इंग्ल्यान्डले टस जितेर भारतलाई ब्याटिङका लागि निम्तो दिएको थियो । त्यस क्रममा भारतले ६ विकेटमा एक सय ६८ रन बनाएको थियो ।

प्रतिक्रिया