मंगलबार, चैत ६, २०८०

पुर्व आईजीपी सर्वेन्द्र खनालले एमालेबाट काठमाडौं ६ मा चुनाव लड्ने

मेरोन्यूज २०७९ असोज १८ गते १८:३१

काठमाडौं । पुर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमालेबाट काठमाडौं ६ मा चुनाव लडने तयारी गरेका छन । उनी प्रहरी महानिरीक्षक हुँदै देखि एमालेसग नजिक थिए ।

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री रहेका बेला उनी महेश बस्नेत सगै जसपाका सासद ‘अपहरण’ प्रकरणमा समेत मुछिएका थिए । उनी गत सातामात्रै एमालेमा औपचारिकरुपमै प्रबेश गरेका थिए ।
उनलाई एमालेले काठमाडौं ६ बाट उम्मेदवार बनाउने गरि पार्टीमा प्रवेश गराएको थियो ।

काठमाडौं ६ मा पुर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित एमालेबाट योगेन्द्र संग्रौला, अनीश मास्केपनि टिकटको दौडमा छन् ।
एमालेले गत स्थानीय तह चुनावमा उठेकालाई प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा प्रत्यक्ष र समानुपातिक दुबैमा उम्मेदवार नबनाउने गरि मापदण्ड बनाउने काम गरेपछि ०७४ मा काठमाडौं ६ बाट प्रदेश सभा सदस्य जितेका केशव स्थापीत उम्मेदवारको रेसबाट बाहिर परेका थिए ।

उनी गत बैशाखमा सम्पन्न स्थानीय तह चुनावमा काठमाडौं महानगर पालिकाको मेयरमा चुनाव लडन प्रदेश सभा सदस्य बाट राजीनामा दिएर आएका थिए । तर उनले चुनाव जित्न सकेनन् । त्यसपछी उनको लागि प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार बन्ने बाटो रोकिएको थियोे । काठमाडौं ६ बाट प्रदेशसभा जितेका योगेन्द्र सङौला पनि बिमारी रहेर उपचारका क्रममा रहेकाले उनलाई पनि टिकट दिने सोचमा ओली देखिन्नन ।

यो क्षेत्रमा यस अगाडी ०६४ मा माओवादी का हितमान शाक्यले चुनाब जितेका थिए । त्यसपछिको २०७० र २०७४ को चुनावमा काङ्ग्रेसको भिमसेन दास प्रधानले चुनाव जित्दै आएका थिए ।

Advertisement

यो क्षेत्रमा एमालेबाट पहिले योगेश भट्टराई प्रतिस्पर्धामा थिए । तर ०७४ मा वाम गठबन्धन हुँदा भट्टराई काठमाडौं ६ छोडेर ताप्लेजुङ चुनाव लडन पुगेका थिए । त्यहाँ भट्टराईले चुनाव जिते पनि । यसपटक पनि भट्टराई ताप्लेजुङबाट नै चुनाब लडने तयारीमा छन ।

०७४ मा काठमाडौं ६ मा माओवादीको भागबन्डामा परेपछि झक्कु सुवेदी चुनावी प्रतिस्पर्धामा थिए । त्यसपछि यहाँ एमाले बाट को उम्मेदवार बन्छन् भन्ने चर्चा चलिरहेको बेला सर्बेन्द्र खनाल उम्मेदवार बन्ने चर्चा बाहिर आएको छ ।

एमालेले यो स्थानमा सचिब गोकर्ण बिष्टलाई पनि उम्मेदवार बनाउने चर्चा चलिरहेको बेला सर्बेन्द्रको एमाले औपचारिक प्रबेश र काठमाडौं ६ मा उम्मेदवार बन्ने चर्चा भएको हो ।

काङ्ग्रेसमा भने यो पटक पनि भिमसेन दास प्रधान र काठमाडौं जिल्ला अध्यक्ष सबजु बानियाँ मध्ये एक जना उम्मेदवार बन्ने देखिन्छ । एमालेले भने अब सर्बेन्द्र खनाल लाई उम्मेदवार बनाउने गरि छलफल चलिरहेको सुत्रहरुले बताएका छन ।

प्रतिक्रिया