शुक्रबार, वैशाख १४, २०८१

‘डेंगु महामारी रोक्न सरकारले पटक्कै काम गरेन’

मेरोन्यूज २०७९ असोज १४ गते १०:२८

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले डेंगुको महामारी नियन्त्रणमा सरकारले गरेको चित बुझदो काम नगरेको बताएका छन् ।
आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले सरकारको काम गरेको चित बुझदो नभएको बताएका हुन् । उनले डेंगु महामारी रोक्न सरकारले पटक्कै काम नगरेको भन्दै असन्तुष्टि पोखे । उनले भने ‘प्रधानमन्त्रीले तत्काल आपकालिन समिति बनाए डेंगु तुरुन्त कसरी घटाउने अस्पतालमा भएको चाप घटाउन सरकार लाग्नुपर्छ ।सरकार अरु काममा अल्झेर यो जिम्मेवारीबाट भाग्न हुँदैन ।सरकार कसैको हुदैन । सरकार जनताको हो । ’

‘यो पाँच सरकारको खेर गयो। हामी जहाँ पुग्ने हो त्यहा पुग्न सकिएन। गठबन्धन को कुरा छ। मनमा असन्तुष्टि छ छट्पटी छ किन ? अबको पाँच बर्ष पनि यस्तै हुने ?’ उनले प्रश्न गरे,’सरकार बदली गर्दा काम हुन्छ र यहाँ खै ?’
‘राजनितीको प्राथमिकतामा चुनाब सरकार बनाउने मात्रै भयो मुख्य कुरा पार्टी किन बनाएको आन्दोलन किन गरेको ? यत्रो लडेर ल्याको ब्यवस्था के भयो ? बदल्न गएको मान्छे बदल्ने कुरा छोडेर आफै बदलिन्छ’ उनले भने ।

प्रतिक्रिया