शनिबार, वैशाख १५, २०८१

राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बजार पठाउँदै

मेरोन्यूज २०७९ असोज १३ गते १६:३५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बजार पठाउने भएको छ । लामो समयदेखि तरलताको सुधार नभएपछि बैंकले रिपोमार्फत ३० अर्ब रुपैयाँ बजारमा पठाउने भएको हो ।

बैंकले १४ दिनका लागि उक्त रकम बजारमा पठाउन लागेको हो । त्यसका लागि बैंकले आज दिउँसो अक्सन (बोलकबोल)का लागि बैंक तथा वित्तीय संस्थालाई आव्हान गरेको छ ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिए अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण रिपो हो । अहिले जारी गर्न लागेको रिपोको म्याद आगामी २७ गतेसम्म रहने छ ।

प्रतिक्रिया