शनिबार, वैशाख १५, २०८१

सत्यमोहन जोशीको हेरचाह गर्न नर्स उपलब्ध गराउने सरकारको निर्णय

मेरोन्यूज २०७९ असोज ९ गते १७:०२

काठमाडौँ । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको हेरचाह गर्न एक जना नर्स उपलब्ध गराउने भएको छ ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशीलाई हेरचाहका लागि एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको हो ।

‘संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

प्रतिक्रिया