शुक्रबार, वैशाख १४, २०८१

चिकित्सक लाइसेन्स परीक्षामा ५८ प्रतिशत फेल

मेरोन्यूज २०७९ असोज ९ गते १२:४४

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा परीक्षा दिएका मध्ये ४२ प्रतिशत मात्रै उत्तिर्ण भएका छन् । काउन्सिल रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीका अनुसार परीक्षा लिएका २ हजार ६० जनामध्ये ८६३ जना मात्रै उत्तिर्ण भएको हुन् । परीक्षा दिएका ११ सय ७६ जना अनुत्तिर्ण भएका छन् ।

मेडिकलतर्फ १६ सय ८६ र डेन्टलतर्फ ३५३ जना सहभागी भएका थिए । काउन्सिलले गत असोज ६ देखि ८ गतेसम्म ६४औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा लाइसेन्स परीक्षा लिएको थियो ।

प्रतिक्रिया