शुक्रबार, वैशाख २१, २०८१

सन्दीप लामिछानेलाई पक्राउ गर्न अदालतको अनुमति

मेरोन्यूज २०७९ भदौ २३ गते १४:२७

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ गर्न अनुमति दिएको हो ।

Advertisement

कप्तान लामिछोनेविरुद्ध एक १७ वर्षीय बालिकले बलात्कार गरेको जाहेरी दिएकी छन् । त्यसमाथि अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।

लामिछाने हाल क्यारेबियन प्रतियोगिता खेल्न देश बाहिर छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गर्दै सहयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया