बुधबार, वैशाख २६, २०८१

सन्दीप लामिछानेविरुद्ध उजुरी दिने नुवाकोटकी किशोरी कक्षा १२ मा अध्ययनरत थिइन्

पिडितको बयान : राती ११ बजेर ५५ मिनेटको समयमा एक होटलमा बलात्कार गरे

दया दुदराज २०७९ भदौ २२ गते ९:२०

काठमाडौं । नेपाली क्रिक्रेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध १७ वर्षीय नाबालिगले जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीमा जाहेरी दिएकी छिन् । नुवाकोटकी एक किशोरीले मंगलबार प्रहरी वृत गौशलामा लामिछानेविरुद्ध जाहेरी दिएकी हुन् ।

Advertisement

जाहेरीमा ती किशोरीले भक्तपुरको विभिन्न स्थानहरुमा लगेर काठमाडौं ल्याई राती ११ बजेर ५५ मिनेटको समयमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलमा जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेकी छिन् ।

पीडितले ०७९ भदौ ५ गते राती जबर्जस्ती करणी गरेको अरोप उल्लेख पीडितले जाहेरी दिएकी हुन् ।

प्रहरीले थाल्यो अनुसन्धान
बलात्कारको अभियोग लागेका लामिछाने विरुद्ध प्रहरीले अनुसन्धान थालेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सो घटनाको सुक्ष्म अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

कक्षा १२ मा अध्ययनरत ति किशोरीको स्वास्थ्य परिक्षण गरेर अनुसन्धानको थालनी गरेको प्रहरीले जनाएको छ । एकद्धार संकट ब्यवस्थापन केन्द्रमा लगेर विस्तृत स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जानकारी दिएको छ ।

लामिछाने अहिले देशमा छैनन् । उनी गत ६ भदौमा टी–२० सिरिज खेल्नका लागि केन्या गएका हुन् । केन्यामा पाँच खेलको टी–२० सिरिज खेलेपछि उनी वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया