आइतबार, वैशाख १६, २०८१

निर्वाचन आचार संहिता : सुरक्षा निकायका कर्मचारीले प्रचार गर्न नपाउने

मेरोन्यूज २०७९ भदौ १३ गते २०:१२

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनका लागि आचार संहिता जारी गरेको छ । जारी भएको आचार संहिताअनुसार सुरक्षा निकाय, सुरक्षाकर्मी तथा सुरक्षा सम्बद्ध कर्मचारीले पालना गर्नु पर्ने आचरण समेटिएको छ ।

आयोगले सुरक्षा निकायका कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन नपाउने जनाएको छ ।

आयोगले भनेको छ, ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने ।’

प्रतिक्रिया