बिहीबार, जेठ ३, २०८१

रिक्त सचिव पदमा दुवाडीको बढुवा

मेरोन्यूज २०७९ भदौ ६ गते १६:४४

काठमाडौँ । सरकारले एक वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले पहिलो नम्बरमा सिफारिस गरेको नारायण शर्मा दुवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

Advertisement

बढुवा भएका दुवाडीलाई सुदूरपश्चिम प्रदेशमा मुख्यसचिवमा खटाउने निर्णयसमेत भएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकले केही कार्यविधि समेत पास गरेको छ ।

सचिव पदमा बढुवाका लागि कार्य सम्पादन मूल्यांकनका आधारमा दुवाडीसहित दिनेश घिमिरे र घनश्याम उपाध्यायको नाम सिफारिस भएको थियो । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरूको नाम सिफारिस गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लक्ष्मण अर्यालले अनिवार्य अवकाश पाएसँगै प्रशासनतर्फ एक सचिव पद रिक्त रहँदै आएको थियो ।

प्रतिक्रिया