शुक्रबार, वैशाख १४, २०८१

फोहोरका गाडी सिसडोलमा रोकिए प्रहरी आएपछि मात्र बञ्चरेडाँडा लैजाने

मेरोन्यूज २०७९ भदौ १ गते ११:४०

काठमाडौं । काठमाडौंको फोहोर बोकेर २ सय भन्दा धेरै गाडी सिसडोल पुगेका छन् । स्थानीयबासिन्दाले आज पनि आन्दोलन गर्ने तयारी गरेका छन् । फोहोर लोड गरेका गाडी सिसडोल पुगेर अड्किएका छ । प्रहरी आईसकेपछि मात्रै फोहोरको गाडी अगाडि बढाउने महानगरका प्रवक्ता नवीन मानन्धरले बताएका छन् ।
उनका अनुसार प्रहरी विना फोहोरको गाडी बञ्चरे पुर्‍याउन गाह्रो छ । आज पनि आन्दोलनको तयारी गरको भन्ने खबर आएको छ । अब प्रहरी आएपछि मात्रै फोहोरको गाडी अगाडी बढ्नेछन् ।

मंगलबार प्रहरी बल प्रयोग गरेर १ सय ८६ गाडी फोहोर फालेको थियो । स्थानीयले गरेको अवरोधलाई चिर्न प्रहरीले हानेको रबर गोलीले लागेर एक जना घाइते भएका थिए ।

प्रतिक्रिया