शनिबार, वैशाख १५, २०८१

निहारिका प्रकरण : अदालतबाट सफाइ पाएका आरोपी श्रेष्ठ पक्राउ

मेरोन्यूज २०७९ साउन ३१ गते २०:४६

काठमाडौँ । निहारिका राजपुत प्रकरणमा आरोपित भनिएका शिवराज श्रेष्ठ पक्राउ परेका छन् । उनलाई धनुषाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

राजपुतले श्रेष्ठमाथि बलात्कारको आरोप लगाउँदै आएकी छन् । उनी बलात्कारबाट जन्मिएको बच्चाको डीएनए टेष्टको पनि माग गर्दै अनसन बस्दै आएकी छन् । केही दिनअघि मात्रै उनले राष्ट्रपति भवनअगाडि आत्मदाहको प्रयास गरेकी थिइन् ।

राजपुतले २०७६ फागुन १९ गतेको मिति राखेर २०७६ चैत २ गते जिल्ला प्रहरी कार्यालय धनुषामा जबरजस्ती करणीको जाहेरी दिइन् । जाहेरीमा उनले आफूलाई श्रेष्ठले डर धम्की दिई, ललाइफकाइ पटकपटक करणी गरेको र करणीबाट आफू गर्भवती भएकाले जबरजस्ती करणीको कसुरमा सजाय गरिपाउन माग गरेकी थिइन् ।

तर, २०७८ माघ २४ गते जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईले अभियोग दाबी नपुग्ने फैसला गरेका थिए । यो मुद्दामा श्रेष्ठले सफाइ पाएका थिए ।

प्रतिक्रिया