शुक्रबार, वैशाख १४, २०८१

राप्रपामा चुनावी तालमेल गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई

मेरोन्यूज २०७९ साउन ३० गते १८:०७

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेलको ढोका खोलेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले निर्वाचनमा गठबन्धन, तालमेल र सहकार्यका लागि आवश्यक निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार चुनावबाट आम जनतामा स्थापित गराउन पार्टीको सबै संयन्त्र परिचालन गर्ने राप्रपाले निर्णय गरेको छ । बैठकमा पार्टीका निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दीपक बोहरालगायतको उपस्थिति थियो ।

यस्तै, लिङ्देनकै अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति र संसदीय समिति गठन गरिएको छ ।

प्रतिक्रिया