शनिबार, वैशाख १५, २०८१

निजामती ऐन ल्याउनु पर्ने संगठनको माग

मेरोन्यूज २०७९ साउन २९ गते २१:४५

काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनले तीन तहको कर्मचारीलाई मार्ग निर्देशन गर्ने ऐन जारी गर्नु पर्ने माग गरेको छ । संगठनले आज पत्रकार सम्मेलन गरी अध्यक्ष लेखनाथ कोइरालाले केन्द्रीय कार्य समितिको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गरे ।

उनले प्रस्तावित संघीय निजामती सेवा ऐन स्थानीय, प्रदेश र केन्द्रीय तीन तहमा कार्यरत कर्मचारीलाई मार्ग निर्देशन गर्ने मूल कानून निजामती सेवा ऐन जारी गर्न सरकारले ढिला सुस्ती गरेको भन्दै आपत्ति जनाए ।

सो संगठनले तीनै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गरी कर्मचारी तथा ट्रेड युनियनमैत्री ऐन जारी गर्नसमेत सरकार समक्ष आग्रह गरेको छ ।

‘एक लाख २५ हजार कर्मचारीलाई परिचालित गर्ने ऐन सरकार संसदबाट चार वर्षसम्म ल्याउन सकेको छैन, सरकारले हाम्रै लागि ल्याउन लागेको ऐन हामीसँग सरसल्लाह गर्दैन,’ उनले भने ।

कर्मचारीसम्बन्धी नीति नियम बनाउँदा अनिवार्य रूपमा निजामती क्षेत्रका ट्रेड युनियनलाई राखेर छलफल गर्नु पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया