शनिबार, वैशाख १५, २०८१

संघीय निर्वाचन-२०७९

सिट बाँडफाँट गर्न सकस : प्रत्यक्षमा सिट संख्या १६५, गठबन्धन दलको दाबी मात्रै २१५ पुग्यो

काँगेसले ९५, माओवादीले ५५, एकिकृत समाजवादी र जसपाले ३०/३० र जनमोर्चाले ५ सिटमा दाबी गरेका छन्

मेरोन्यूज २०७९ साउन २८ गते १९:०३

काठमाडौं । सरकारले चुनावको मिति घोषण गरेसँगै चुनावी चहलपहल ह्वात्तै बढेको छ । मंसिर ४ गतेको लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा गरेसँगै विभिन्न दलहरु चुनाव केन्द्रीत रहेर गृहकार्यमा लागेका छन ।

सत्ता गठबन्धन दलमा रहेका काङ्ग्रेस , माओवादी , जसपा, एकीकृत समाजबादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेर जाने निर्णय गरेका छन ।

सोही आधारमा सिट भागबन्डा मिलाउन कार्यदल समेत गठन गरेर गृहकार्य गरीरहेका छन । सबैभन्दा जटिल प्रतिनिधि सभा तर्फको प्रत्यक्ष सिट भागबन्डा मिलाउन पर्ने देखिन्छ ।

प्रतिनिधि सभा तर्फ पत्यक्ष तर्फको कुल १६५ सिट छ । तर गठबन्धन दलहरुले गरेको दाबीको कुल संख्या जोडने हो भने २१५ सिट आबस्यक देखिएको हो ।

स्रोतका अनुसार नेपाली काङ्ग्रेसले कम्तीमा ९५ सिटको माग गरेको छ भने, नेकपा (माओवादी केन्द्र)ले ५५ सिट माग गरेका छन् । त्यस्तै माधव कुमार नेपाल नेतृत्वको एकिकृत समाजवादी र उपेन्द्र यादब नेतृत्वको जनता समाजबादी पार्टी (जसपा) ले ३०/३० सिट दाबी गरेका छन । र राष्ट्रिय जनमोर्चाले पनि ५ सिट दाबी गरेको छ ।

गठबन्धनमा रहेका यी दलहरु सबैको दाबी जोडने हो भने २१५ पुग्छ । जसका कारण पनि गठबन्धनमा सिट मिलाउन सकस रहेको बुझिन्छ । अझ मधेस प्रदेश भित्र रहेको ३२ सिट भागबन्डा मिलाउन झन गठबन्धन दललाई महाभारत नै पर्ने देखिन्छ ।

भागबन्डा मिलाउन सत्तसिन दलहरूले ११ सदस्यीय कार्यादल बनायका छन । दुई पटक बसिसकेको कार्यादल बैठकले गठबन्धन दलहरुका वीचमा सिट बाँडफँट गर्दा मूलतः ०७४ को निर्वाचनलाई आधार बनाउने भन्ने समझदारी बनेको छ तर सबै पार्टीका सिनियर नेताहरूको व्यवस्थापनलाई ध्यान दिएर अलिअलि हेरफेर गर्ने, ०७९ को स्थानीय निर्वाचनलाई पनि आधार बनाउने र संघमा नमिलेको कुरा प्रदेशमा मिलाउने भन्ने प्रारम्भिक छलफल भएको छ ।

कार्यादल बैठकमा ०७४ मा निर्वाचन हारे पनि शीर्ष नेतालाई व्यवस्थापन गर्नुपर्ने र त्यस्ता शीर्ष नेता व्यवस्थापनको विषयमा समेत आ–आफ्नो पार्टीमा छलफल गरेर साउन ३० मा अर्को बैठक बस्ने समझदारी दलहरुकोवीचमा भएको छ ।

प्रतिक्रिया